मंगलवार, १ बैशाख २०८३, ०३:२७
मंगलवार, १ बैशाख २०८३, ०३:२७

एनएनआइपिए स्पोर्ट्स अवार्डको आज

|
२ मिनेट पढ्ने समय
0 २४
NNIPA sports award scaled

काठमाडौं । एनएनआइपिए स्पोर्ट्स अवार्ड २०८१ आज हुँदैछ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित चन्डेश्वरी मन्दिर परिसरमा अवार्ड हुँदैछ।

यो पनि पढ्नुहोस्

एनपीएल २ मा क्यानको मुनाफा २७४ प्रतिशत बढ्यो, प्रत्येक फ्रेन्चाइजको भागमा २ करोड
२०८२ चैत्र २४ गते, मंगलवार
आइपिएलमा दिल्ली र मुम्बई खेल्दै
२०८२ चैत्र २१ गते, शनिबार
आशिफ र दीपकको साझेदारीमा एपिएफको जित
२०८२ चैत्र २१ गते, शनिबार

स्थानीय आयोजक बनेपा नगरपालिका मेयर शान्ति रत्न शाक्यले अवार्डको तयारीको पूरा भएको जानकारी दिए।देशभरका खेलाडीलाई‌ आतिथ्यताका लागि बनेपा लालाहित रहेको पनि मेयर शाक्यले बताए।

नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध  २६ खेललाई  वर्ष उत्कृष्ट खेलाडी-२०८१ बाट समेटिएको खेलाडी संघका महासचिव शिव सुन्दर गोथेले जानकारी दिए। संघको सिफारिसमा नै हरेक खेलका खेलाडीको उत्कृष्ट खेलाडी छनोट गरिएको बताइएको छ ।

२७ खेललाई पत्राचार गरेपनि शुटिङबसट २०८१ मा कुनै खेल आयोजना नभएको भन्दै खेलाडीको नाम पठाउन असमर्थ रहेको जानकारी प्राप्त भएको बताइएको छ।

संघले पहिलो पटक काठमाडौं उपत्यका बाहिर अवार्ड गर्दैछ । हरेक खेलका उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्र पाउनेछन्।

उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी घोषणा गर्दै जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ।

२६ मध्येबाट एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी सम्मान गरिनेछ। उनीहरूले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार,  एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान गरिनेछ। आदर्श खेल व्यक्तित्व र पत्रकारलाई ३५ हजार र पारा खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीबाट पुरस्कृत हुने २६ खेल

फुटबल, जिम्नाष्टिक, एथलेटिक्स, स्वीमिङ्ग,  टेनिस, ह्याण्डवल, ट्रायथोलन, हक्की, कुस्ती, टेबल टेनिस, उसु,भारोत्तोलन, बास्केटबल, बक्सिङ, कबड्डी, स्की, क्यानोइड, ब्याडमिन्टन, भलिबल,कराते, साइक्लिङ्ग, आर्चरी, तेक्वान्दो, कराते, कब्बडी,  फेन्सिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ