मंगलवार, ११ कार्तिक २०८३, ०५:२५
मंगलवार, ११ कार्तिक २०८३, ०५:२५

मातृभुमि सामुदायिक वनको १२ औं चुनावी साधारण सभा सम्पन्न

|
२ मिनेट पढ्ने समय
0
matribhumi ban

लम्की । कैलालीको लम्कीचुहा न.पा. १, लम्की स्थित मातृभुमि सामुदायिक वन उपभोक्ता समूहको १२ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ ।     

सामुदायिक वनका अध्यक्ष दिलबहादुर साउँदको सभापतित्वमा सम्पन्न साधारण सभामा लम्कीचुहा नगरपालिका वडा नं.  १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय आधारभूत विद्यालय खैरिपुरमा सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न
२०८३ आश्विन २१ गते, बुधबार
प्याकुरेल सेवा समाज नेपालद्वारा सामुदायिक विद्यालयमा सरसफाई सप्ताह सम्पन्न
२०८३ असार २ गते, मंगलवार
बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्रालाई शैक्षिक सहयोग
२०८३ असार २ गते, मंगलवार

सभामा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदनसँगै अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सामुदायिक वनको कुल आय–व्यय १४ लाख ४७ हजार १ सय ७१ रुपैयाँ रहेको जानकारी गराइएको थियो।

यसैबीच, साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढाएको छ। आगामी कार्यसमिति चयनका लागि नयाँराम बि.क.को संयोजकत्वमा एकेन्द्र प्रसाद जैसी र रंगप्रसाद तिमिल्सेना सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

निर्वाचन समितिले आगामी कार्यसमिति चयनसम्बन्धी प्रक्रिया अघि बढाउने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ