लम्की,कैलाली। चाडपर्वको उल्लाससँगै हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कैलाली क्षेत्र नं. २ का संघीय माननीय प्रेमबहादुर बयकले यस क्षेत्रको शान्ति सुरक्षा प्रभावकारी बनाउन चासो देखाउनु भएको छ।
चाडपर्वका बेला चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बयकले इलाका प्रहरी कार्यालय मोतिपुर पुगेर प्रहरी अधिकारी तथा सरोकारवालासँग सुरक्षा अवस्थाबारे छलफल गर्नु भएको हो।
यो पनि पढ्नुहोस्
छलफलका क्रममा सुरक्षा संवेदनशील क्षेत्रको पहिचान, प्रहरी परिचालन, जनशक्ति तथा स्रोतसाधनको अवस्था र सम्भावित आपराधिक गतिविधि नियन्त्रणका उपायबारे गम्भीर रूपमा विषय उठाइएको थियो।
नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाउने वातावरण निर्माण गर्न सुरक्षा निगरानी बढाउने, प्रहरीको उपस्थिति प्रभावकारी बनाउने र जोखिमयुक्त क्षेत्रमा समयमै सतर्कता अपनाउने विषयमा समेत जोड दिइएको थियो।
चाडपर्वको खुसीसँगै नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बयकको चासो रहेको छ।

















प्रतिक्रिया दिनुहोस्